भिडियो

होम-भिडियो-प्लएे भिडियो

प्लएे

प्लएे भिडियो

बाचेँ पो जिन्दगी

राम कुमार नेपाली | 2022

 समग्रमा भन्नुपर्दा हामि मानव जाति धर्तिका पाउन हौ।जसरि यो सन्सारमा खालि हात आयौ त्यसरि नै खालि हात नै जान्छौ।लाग्छ जन्म र मृत्यु बिचको सङ्हर्स नै जिन्दगी हो।धेरै ग्रह उपग्रह मध्य पृथ्वी पनि यक अंस हो भनिन्छ।चन्द्रमा बाट अवलोकन गर्दा पृथ्वी सुन्तला आकार को छ भन्ने सुनिन्छ।पृथ्वी गोलो छ आफ्नै गतिमा घुमिरहेको छ भन्छन।साथै पृथ्वीमा २ भाग पानी र यक भाग भुगोल छ भन्ने गरिन्छ।त्यहि १ भाग सुन्दर भुगोल पृथ्वी भित्र अबस्थित यौटा स्वर्गको टुक्रा नेपाल रहेको छ।साच्चिकै कसैले जिउँदोमै स्वर्ग आभास गर्छ भनि त्यो हो नेपाल ।नेपाल भौगोलिक बिबिधता अनुसार तिन भागमा बाडियको छ।क्रमशः हिमाल,पहाड र तराई हिमाल को छुट्टै पहिचान छ बिश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपाल मै पर्छ।हिमालमा बिहानिको घामको झुल्को सङ्गै चादि झै टल्कने चादनि लहरमा हिमाल हासेको देख्न सकिन्छ।यस भेगमा सेर्पा,तामाङ लगायत अन्य जातिका मान्छेहरु को बसोबास हुने गर्दछ।विशेष गरि चौरि ,भेडा,खच्चड र च्याङ्ग्रा लगायतका पशुपन्छि पालिन्छ।साथै बहुमुल्य बनस्पति यस भेगमा पाइन्छ।यस भेगमा बसोबास गर्ने मानिसको आफ्नो भासा र भेसभुसा रहेको पाइन्छ।यतिले मात्र हिमालि भेगको बर्णन गरेर सकिन्न समग्रमा यति नै।पहाडि भेगमा धेरै जात जातिका मानिसहरुको बसोबास रहेको छ।छेत्री ,बाहुन,नेवार ,तामाङ ,राइ लिम्बु लगायत अन्य जातिको बसोबास छ।यस भेगमा भगोलिक बनावट अनुसार डाडाकाडा ,खोलानाला,पर्बत शृङ्खला ,झरना ताल रहेको छ।बहुमुल्य धातुहरुको खानि पनि रहेको छ।धेरै जातजाति को बसोबास रहेकोले धेरै भासा र भेसभुसा सङ्गै आफ्नै किसिमको धर्म सस्कृति रहेको छ विशेषगरी गाइ ,भैसि बाख्रा यस भेगमा पालिन्छ।र तराई भन्नुसाथ समग्रमा समथर भुभाग अर्थात अन्नको भणडार भन्ने बुझिन्छ।जब धान पाकेर पहेलपुर देखिन्छ तब सुन टल्किय झै तराईका फाटहरु जलहरि ले भरिन्छन।जताततै समथर भुभाग कतै घना जङ्गल विभिन्न बन्यजन्तु को आरक्षण छेत्र समेत रहेको छ।विशेष गरि यस भेगमा मैथलि,भोजपुरि,मधेसि र थारु लागायत का मानिसहरू यस भेगमा बसोबास गर्छन।यस भेगमा बसोबास गर्ने मानिसहरूको आफ्नै भासा र भेसभुसा रहेको पाइन्छ।यस भेगमा अनौठो किसिमको सस्कृति हरु समेत देख्न सकिन्छ।

                 समग्रमा भन्नुपर्दा नेपालका हिमाल पहाड र तराई लाई स्वर्ग मान्न सकिन्छ ।हरेक भेगको आफ्नै किसिमको पहिचान रहेको छ।नेपालमा धेरै जातजाति ,भासा,धर्म र सस्कृतिभयकै कारण नेपाललाईबहुजातीय ,बहुधार्मिक,बहुसास्कृतिक देश भनियको हो।रपनि हाम्रो देश नेपालमा अनेकता भित्र यकता छ।हाम्रो देश नेपालमा पर्यटकिय दृस्ठिकोणले हेर्दा पनि धेरै सम्भावना रहेको छ।पर्याप्त जलस्रोत ,यतिहासिक धार्मिकस्थल,झरना तथा ताल हरु ,पर्बत आरोहण ,खनिज ,खानि लगायत धेरै सम्पदा हरु पर्यटन को लागि अति उत्तम र सम्भावना छ।जति बयान गरेनि नसकिने स्वर्गको यक टुक्रा नेपाल हो।

 

ब्याख्या

                जन्म पश्चात मृत्यु त निश्चित रपनि बाचुन्जेल सङ्हर्स भने निरन्तर गरिरहनु पर्छ जिन्दगी जिउनका लागि।

इतिहास को कुरा गर्नि हो भनि यो देशमा धेरै सासन र शासक हुरु देखिय ।जो देखिय आफ्ना स्वार्थमा लिप्त भय।पन्चायति ब्यबस्था थियो त्यो हटायौ ,राणा शासन हटायौ,बहुदलीय ब्यबस्था आयो,लोकतन्त्र आयो, राजा हटायौ गणतन्त्र आयो ।ब्यक्ति र ब्यबस्था परिवर्तन भय देशमा खासै उपलब्धि भयन ०४६ देखि ६२/६३ सम्म धेरै जनआन्दोलन भय ,जनयुद्ध हरु भय १० बर्से कति घरबारबिहिन भय,कति सहित भय,कति अपांग भय यो देशका निर्दोष जनताले धेरै सास्ति खेप्नु पर्यो।त्यति मात्र नभै प्राकृतिक बिपत्ति झन धेरै खेप्नु पर्यो ९० सालको भुकम्प,७२ सालको महाभुकम्प ,बाढिपहिरो धेरै खेप्नु पर्यो ठुलो मानिविय क्षति मात्र नभै ठुलो धनजनको नोक्सानी बेहोर्नु पर्यो।यस्ता इतिहासधारि घटना ताजै छन हरेक बिपत्ति को सामना गर्दागर्दै गत २ बर्ष देखि कोरोना कहर बाट जिबन र मृत्यु सङ्ग लडिरहेका छौ।कोरोना बाटै लाखौ मानिसले ज्यान गुमाउनु पर्यो भने अरबौ को नोक्सानी बेहोर्नु पर्यो।यस्तो बिपतको घडिमा कतिले कतिले उपचार नपायर ज्यान गुमाउनु पर्यो भनि कतिले खान लाउन नपायर ज्यान गुमाउन पर्यो।ऋणमा हुनि झन ऋण मा गाडियर मरे भनि कति डिप्रेसन जस्ता प्राणघातक मनोरोग को शिकार भयर सान्सारिक बन्धन बाट अवकाश लिय।यस्ता समस्या चुनौति को कुरा गर्दा नेपाली जनाताले धेरै सास्ति खेप्नु परेको छ ।जति लेखिएको छ त्यतिले मात्र ब्याख्या पुग्दैन।

                              निस्कर्स

 

पुनः स्मरण गराउन चाहन्छु हामि धर्तिका पाहुना हौ।नाङ्गै आयौ नाङ्गै जान्छौ मात्र फरक मृत्यु पश्चात् कस्ता कर्म तथा कृति छोडेर जान्छौं भन्ने कुराले महत्त्व राख्दछ।हामि बाचुन्जेल तेरोमेरो,तछाडमछाड ,यता बित्यो उता बित्यो भनेर दौडिरहेको हुन्छौ ।आखिर हामि जति दौडियनि पुग्ने घाटसम्म मात्र रहेछ।धनसम्पति,मान प्रतिस्ठा कमाउने होडबाजीमा मान्छेले म को हु?,मेरो जिबन के हो? जिन्दगी के हो? कसरि लामो जिन्दगी र आरामदायि जिन्दगी बिताउन सकिन्छ ?को हुन आफन्त?, क हो आफ्नो धरातल भन्ने कुरा लगायत बिबिध कुरा बिर्सिन्छ।आखिर यो सब के का लागि?यो माटो भै जानि शरिर , अन्न पानीको शरिर बोकेर हिड्छौ घमण्ड के का लागि?यो सबै नबुझेको जिन्दगी के जिन्दगी ? जिन्दगी त पशुको पनि होनि उस्ले जस्तै मानवता नभयको जिन्दगी भयो भनि के जिन्दगी ?हामि चेतनशिल प्राणि मानिस हौ ।हामीलाई सबै कुरा थाहा भयर पनि थाहा नपाय जस्तो गर्छौ कारण हो यो समाज पुजीवादी समाज हो यहाँ सबै हुँदा मात्र बिक्छन प्राय सबै मानिस त्यस्तै नहोलान केहि हुनिखानि छन भने केहि मानिस हुदा खानि छन।हामि मनुष्य को चोला लियर यस धर्तिमा आयका छौ ।दैबको लिला ले सबै मानिसलाई शारीरिक समानता छैन कोहि अपांग छन कोहि सपाङ्ग छन जे जस्तो भयनि मानविय व्यबहार ले समानता जनाउनु पर्छ ।समानता ,स्वतन्त्र र संतुष्ट भयर बाच्न पाउने अधिकार सबैलाई छ।त्यसैले डाफे मजुर झै शान्त र सुन्दर भयर बाच्नुस ,सबैसँग हासेर बोल्नुस,मिठो बोल्नुस,भोकालाई खान दिनुस ,नाङ्ग्गा लाई लाउन दिनुस सन्तुष्ट भयर बाच्नुस।सन्तुष्टि भन्दा ठुलो प्राप्ति के छ र? जिबन र मृत्यु त प्रकृतिको बिधान हो ।सन्तुष्ट बिनाको हातका मैला सुनका थैलाको कुनै अर्थ छैन।हेर्नुस खुलेर हास्नुस ,हासेर बाच्नुस जति सकिन्छ जन्ति र मलामि कमाउनुस त्यहि हो सम्पति मरेर जानुछ कसैलाई भेदभाव नगर्नुस सबैलाई समान व्यबहार गर्नुस।शरिर मरेनि सम्झना नमरोस ।मरेपछि को स्वर्ग र मरेपछिको चर्चा भन्दा बाचुन्जेल सबैको भलो हुने काम गर्नुस चर्चा कमाउनुस।सबैको जय जयकार गर्नुस तपाईंको त्यसै जय हुनेछ।हामि धर्तिका पाहुना हौ ।यकदिन सन्सार छोडेर जानुछ ।सन्सार छोडेर जादाजादै राम्रो छाप पनि छोडेर जानुस।शुभकामना ।

                                                              सोच्नुस्त।

                                   ए साथि बाचे पो जिन्दगी ।।।

अरु भिडियो

मान्छेले मन्पराएको

यतातिर दुख्यो कहिले

यतातिर दुख्यो कहिले

राम कुमार नेपाली | 2021